१९०० पर्ने जुत्ता १००० मै, धरानमा जुत्ता चप्पल मेला सुरु (भिडियो सहित)
गणतन्त्र खबर / धरान । छाता चोकमा धरान जुत्ता चप्पल मेला २०८२ भव्य रूपमा सुरु भएको छ । शनिबार नेपाली उत्पादन प्रयोग गरौं भन्ने मूल नाराका साथ आयोजना गरिएको मेला नगर कार्यवहाक प्रमुख अईन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यतामा सुरु भएको हो ।
उपभोक्तालाई सिधै उत्पादकबाट सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले कमन आउटलेट अवधारणामा मेला आयोजना गरिएको आयोजकले जनाएको छ । बिचौलिया बिना सिधै कम्पनीबाट सामान किन्न पाइने भएकोले पनि यहाँ सामानहरू सस्तो भएका हुन् ।
स्वदेशी उद्योगहरूको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यो मेलामा नेपालका नाम चलेका विभिन्न ब्रान्डका जुत्ता तथा चप्पलहरू प्रदर्शन र बिक्रीमा राखिएका छन् । Run Shoes, Dear Hill, Shoe Land, First Walk Shoes र Smart Shoes जस्ता चर्चित नेपाली ब्रान्डहरू उपलब्ध छन् ।
मेलाको व्यवस्थापक रुपमा रहेको उज्यालो एडभरटाईजिङका सञ्चालक मात्रिका नेपालले ५० प्रतिशत सम्म छुट गरिएको जानकारी दिए । उनका अनुसार एक महिनासम्म चल्ने मेलामा बजारमा १९०० सम्म पर्ने जुत्ताहरू मेलामा मात्र १००० रुपैयाँमा उपलब्ध छन् । त्यस्तै, ३७९५ रुपैयाँ पर्ने कतिपय ब्रान्डेड जुत्ताहरू २७०० सम्मको सस्तो मूल्यमा पाउन सकिन्छ ।
मेलामा बिक्री गरिएका धेरैजसो जुत्ताहरूमा ६ महिनासम्मको रिपेयर वारेन्टी दिइएको छ, जसले ग्राहकहरूमा थप विश्वास जगाएको छ । आधुनिक, बलिया र पछिल्लो फेसनका डिजाइनहरू मेलाका मुख्य आकर्षण हुन् ।
रन ब्राण्डका जुत्ता किन्दै गरेका धरान ८ का अमित थेवेले रन ब्राण्ड नै रोजेका छन् । उनले भने ‘सस्तो र टिकाउ भएकाले रन ब्राण्डको नै किनियो’ । त्यस्तै स्थानिय सिता थपलियाले पनि भिजिट मात्र गरेको तर किन्नलाई अरु साथी सहित भोली तिर आउने बताईन ।
मेलाको उद्घाटन गर्दै धरान उपमहानगरपालिकाका कार्यवहाक प्रमुख अईन्द्र विक्रम बेघाले स्वदेशी उत्पादनको प्रयोगले नै देशको अर्थतन्त्र बलियो हुने बताए । उनले भने, ‘हामी सबै कुरामा आत्मनिर्भर हुनुपर्छ । नेपाली जुत्ताहरू अब नेपालमा मात्र होइन, विदेशमा पनि निर्यात गर्ने गरी गुणस्तर र ब्रान्डिङमा ध्यान दिनुपर्छ ।’
धरानका वरिष्ठ पत्रकार हर्ष सुबाले धरानमा यस्ता मेलाहरूले व्यापारिक चहलपहल बढाउने र आर्थिक गतिविधिमा सुधार ल्याउने विश्वास व्यक्त गरे । त्यसैगरी पत्रकार महासंघका अध्यक्ष सन्तोष काफ्ले मेला सफलताको शुभकामना व्यक्त गरे ।
फुटवेयर म्यानुफ्याक्चरिङ एशोसिएसन अफ नेपालका निर्वतमान अध्यक्ष रुद्र प्रसाद नेउपानले नेपालमा वार्षिक करिब १५ करोड जोर जुत्ता चप्पल उत्पादन गर्ने गरेको बताए । उनका अनुसार हाल साढे ८ करोड जोर मात्र उत्पादन भइरहेको र करिब ६० लाख जोर जुत्ता विदेश निर्यात भइरहेको छ । उनको नेपाली उत्पादनलाई अझै विस्तार गर्न दक्ष जनशक्तिको आवश्यकता रहेको र राज्यले यसमा सहयोग गर्नुपर्ने माग छ ।
धरान संयुक्त गृल व्यवसायी संघमा अब उदय राईको नेतृत्व
# अर्थ/बाणिज्य
गणतन्त्र खबर / धरान । २०५३ सालमा स्थापना भएको संयुक्त गृल उद्योग व्यवसायी संघ धरानको ९औं कार्यकालका लागि अध्यक्षमा उदय कुमार राई चयन भएका छन् ।
धरान मदिरा व्यवसायी संघ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन
# अर्थ/बाणिज्य
गणतन्त्र खबर / धरान । मदिरा ब्यवसायी संघ, धरानको अध्यक्षमा प्रदिप कुमार श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । शनिबार सम्पन्न धरान मदिरा ब्यवसायी
पूर्व प्रहरीद्वारा सञ्चालित सुपर ड्राइभिङ सेन्टर उद्घाटन (भिडियो सहित)
# अर्थ/बाणिज्य
गणतन्त्र खबर / धरान । धरान १७ स्थित ईन्द्रेणी मार्गमा सुपर ड्राइभिङ सेन्टर सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी धरान नगरका पूर्व

प्रतिकृया दिनुहोस