• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

धरान संयुक्त गृल व्यवसायी संघमा अब उदय राईको नेतृत्व

गणतन्त्र खबर / धरान । २०५३ सालमा स्थापना भएको संयुक्त गृल उद्योग व्यवसायी संघ धरानको ९औं कार्यकालका लागि अध्यक्षमा उदय कुमार राई चयन भएका छन् । शनिबार सम्पन्न संघको ९औं अधिवेशन तथा साधारण सभाले राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रथम कमल शंकर र द्वितिय उपाध्यक्ष सुन्दर श्रेष्ठ रहेका छन् । प्रेम कुमार राई सचिव भएका छन् भने सह सचिव मदन कुमार प्रधान बने । तुलाराम श्रेष्ठ कोषाध्यक्ष बनेका छन् । 

त्यसैगरी सदस्यहरुमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, मनोज पराजुली, सुरज राई, प्रदिप वि.क. र विवश विश्वकर्मा रहेका छन् । 

निर्वाचित अध्यक्ष राईले गृल व्यवसायीहरूको हकहित संरक्षण गर्दै संघलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघको ९औं अधिवेशन तथा साधारण सभाको समुद्घाटन धरान उपमहानगर पालिकाका कार्यवहाक प्रमुख अईन्द्र विक्रम बेघाले गरेका थिए । उनले संयुक्त गृल उद्योग व्यवसायी संघ धरानले गृल व्यवासायीहरुको हकहितको लागि भरपर्दो संस्था भएर उभिएको चर्चा गरेका थिए । 

संघ धरानका निवर्तमान अध्यक्ष राजकुमार राईले गृल व्यवसायीले राज्य र स्थानिय सरकारलाई पनि ठूलो रकमका साथ कर तिरिरहेको उल्लेख गर्दै राज्यले पनि व्यवसायीप्रति सकारात्मक दृष्टिकोण राख्नुपर्ने बताएका थिए । 

यस अघि संघले धरान १६ मा आफ्नै कार्यलय भवन निर्माण गरिसकेको छ । 

 

प्रतिकृया दिनुहोस

धरान मदिरा व्यवसायी संघ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । मदिरा ब्यवसायी संघ, धरानको अध्यक्षमा प्रदिप कुमार श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । शनिबार सम्पन्न धरान मदिरा ब्यवसायी

१९०० पर्ने जुत्ता १००० मै, धरानमा जुत्ता चप्पल मेला सुरु (भिडियो सहित)

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । छाता चोकमा धरान जुत्ता चप्पल मेला २०८२ भव्य रूपमा सुरु भएको छ । शनिबार नेपाली उत्पादन प्रयोग गरौं भन्ने मूल नाराका साथ आयोजना

पूर्व प्रहरीद्वारा सञ्चालित सुपर ड्राइभिङ सेन्टर उद्घाटन (भिडियो सहित)

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । धरान १७ स्थित ईन्द्रेणी मार्गमा सुपर ड्राइभिङ सेन्टर सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी धरान नगरका पूर्व