• ११ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-27-2026

धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14, विजेतालाई ५० हजार

गणतन्त्र खवर, धरान । धरानमा दोस्रो प्रदेशस्तरीय गौधारा Festive Cup U-14 फुटबल प्रतियोगिता (१४ वर्षमुनिका खेलाडी सहभागी हुने फुटबल प्रतियोगिता) आयोजना हुने भएको छ । धरान ३ स्थित युवा साथीको आयोजनामा हुने प्रतियोगिता आगामी २०८३ असोज ३० गतेदेखि कात्तिक २ गतेसम्म धरान-१६ स्थित रंगशालामा सञ्चालन गरिने भएको हो । 

क्लब स्तरिय प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने युवा साथीका अध्यक्ष सरल उदासले जानकारी दिए । त्यसैगरी उनले उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाए । प्रत्येक खेलको उत्कृष्ट खेलाडी अर्थात् म्यान अफ द म्याचलाई २ हजार ५ सय रुपैयाँ समेत पुरस्कार दिइनेछ ।

प्रतियोगितामा पूर्वी नेपालका विभिन्न क्लब तथा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । अध्यक्ष उदासका अनुसार विजवपुर एकेडेमी, यार्सा एकेडेमी, तराहारा फुटबल क्लब, देउराली फुटबल क्लब, फेयर एकेडेमी, धरान सिटि फुटबल क्लब, डिपिएस विराटनगर, ईटहरी फुटबल क्लब, चतरा फुटबल क्लब र काकरभिट्टा फुटबल क्लबले सहभागिता जनाउने भएका छन् । 

प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँको अनुमानित बजेट रहेको आयोजकले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ (एन्फा), सुनसरी फुटबल संघ र कोशी प्रदेश एन्फा लगायतको सहकार्यमा प्रतियोगिता सम्पन्न गरिने आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

बिराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सको पोल्टामा

# खेलकुद

गणतन्त्र खवर, धरान । बिराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सले जितेको छ । लिग चरणमा एउटै खेल नहारी अपराजित रहेको र्‍याप्टर्सले रोमाञ्चक फाइनलमा

२१औँ ललित-अम्बर डिपो कप पुस १ देखि, पुरस्कार राशि बृद्धि

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा आयोजना हुँदै आएको ललित-अम्बर डिपो कप फुटबल प्रतियोगिताको २१औँ संस्करण आगामी पुस १ गतेदेखि सुरु हुने भएको छ ।

दोस्रो धरान सिटी रनिङ कप मंसिर १२ देखि, आठ क्लब भिड्दै

# खेलकुद

गणतन्त्र खवर, धरान । धरानमा ‘दोस्रो धरान सिटी रनिङ कप-२०८३’ अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना

↑