धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो करिब ३:३० बजे धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-०५९ प ३०९३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको प्रदेश १-०२-००२ ख ०९५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा धनकुटा नगरपालिका-९ बेलहराका ३६ वर्षीय दीपेन्द्र राज राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक भोजपुरको षडानन्द नगरपालिका-१३ बोयाका ३५ वर्षीय नानी काजी श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । दुर्घटनापछि अवरुद्ध हुन सक्ने सडक हाल सुचारु रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
भाकल पूरा भएको खुसीमा विजयपुर गढीको 'युमा थेबा थान'मा घण्टी चढाइयो
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । बिहानको मिर्मिरे उज्यालो थियो । विजयपुर डाँडाको विशाल सालघारीमा चिसो हावा चलिरहेको थियो । धरान उपमहानगरपालिका-१४ स्थित ऐतिहासिक
नेपाली सेनाको सलामी र तोपको गडगडाहटबीच दन्तकालीमा फूलपाती भित्र्याइयो
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । नेपाली सेनाको सलामी, तोपको गडगडाहट, नौमतीबाजा, बेण्डबाजा र भजनकीर्तनको गुञ्जनबीच धरान-१४ विजयपुरस्थित प्रसिद्ध शक्तिपीठ
वीपी प्रतिष्ठान धरानमा ल्याब रिपोर्ट निकाल्न अब लाइन बस्नु नपर्ने
# गणतन्त्र खबर
गणतन्त्र खवर, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बिरामीलाई सहज सेवा दिन स्वचालित ल्याब रिपोर्ट प्रिन्ट गर्ने मेसिन सञ्चालनमा

प्रतिकृया दिनुहोस