• ११ कार्तिक २०८३ मंगलबार/ Tuesday 10-27-2026

कोरोना संक्रमित झापाका २७ जनालाई धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना गरेन

गणतन्त्र खबर / कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार झापाको कचनकवल गाउँपालिकाबाट धरान पठाइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी राखेको छ ।

शुक्रबार राति करिब १० बजे झापाबाट २७ जना कोरोना संक्रमित धरान आइपुगेका थिए । अस्पतालले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसिरहन बाध्य भए । उनीहरुले रातभर केही खान पनि नदिइएको गुनासोसमेत गरेका छन् । कचनाकवल गाउँपालिकाबाट संक्रमितहरु ल्याएर आएको गाडीलाई प्रतिष्ठानको पार्किङ क्षेत्रमा राखिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ जना संक्रमित छन् । अस्पतालमा तयारी अवस्थाको बेड ७० वटा मात्र भएकाले भर्ना लिन समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. निर्देश सापकोटाले बताए ।

गाउँपालिकाबाट समन्वय नगरी आएका कारण समस्या भएको बताउँदै उनले भने, ‘हामीसँग अलरेडि ६७ जना हुनुहुन्छ । अरु विरामी जस्तो सहजै राख्न सकिन्न ।’ उनले झापाबाट संक्रमितहरु आएपछि रातभर बेडको व्यवस्था गरेको र अब भर्ना लिइने बताए ।

प्रतिकृया दिनुहोस

भाकल पूरा भएको खुसीमा विजयपुर गढीको 'युमा थेबा थान'मा घण्टी चढाइयो

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । बिहानको मिर्मिरे उज्यालो थियो । विजयपुर डाँडाको विशाल सालघारीमा चिसो हावा चलिरहेको थियो । धरान उपमहानगरपालिका-१४ स्थित ऐतिहासिक

नेपाली सेनाको सलामी र तोपको गडगडाहटबीच दन्तकालीमा फूलपाती भित्र्याइयो

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । नेपाली सेनाको सलामी, तोपको गडगडाहट, नौमतीबाजा, बेण्डबाजा र भजनकीर्तनको गुञ्जनबीच धरान-१४ विजयपुरस्थित प्रसिद्ध शक्तिपीठ

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

# गणतन्त्र खबर

गणतन्त्र खवर, धरान । धरान उपमहानगरपालिका-८ भोटेपुलस्थित कोशी लोकमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३:३०

↑