पौष १५ देखि १७ गते ११ औं भेडेटार फुड फेस्टिवल हुने
प्रत्येक जातिय खानाको स्टलमा दुईजनाको लागि खाना र बस्नको फ्रि गरिने
गणतन्त्र खबर / होटल एशोसिएसन भेडेटारले २०६८ साल देखि गर्दै आएको भेडेटार फुड फेस्टिवल यस पटक पनि पौष १५ देखि १७ गते सम्म गर्ने भएको छ । एशोसिएसनले शनिबार भेडेटारमा पत्रकार सम्मेलन गरी ११ औं भेडेटार फुड फेष्टिवल गरिने जानकारी गराएको हो ।
भेडेटारको चौक देखि काम्फेक थुम्की, नाम्जे र नमस्ते झरनासम्म फेस्टिवल सञ्चालन गरिने होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुम राज लिम्बुले बताए । उनले फेष्टिबलमा स्थानिय जातिय खानेकुराहरुको प्रर्दशर्नी, स्थानिय अर्गानीक खेतीबाट उत्पादिन तरकारी र फलफूलको प्रदर्शनी हुने बताए । उनले अगिल्लो बर्षमा भएको फुड फेस्टिबलमा भन्दा यस साल जातिय खाना खाने दुईजनालाई खाना र बस्न फ्रि गरिने बताए ।
फेस्टिबलमा २० देखि ३० हजारसम्म पर्यटक भित्र्याउने लक्ष्य रहेको एशोसिएसनका सचिव लाल बहादुर श्रेष्ठले जानकारी गराए ।
होटल एशोसिएसनका पूर्व अध्यक्ष तथा सांगुरी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देलीले २०६८ सालदेखि फेस्टिबल गर्दै आउँदा भेडेटारमा धेरै परिवर्तन भएको बताए । उनले भने, “शुरुमा होटलहरु न्युन थिए, र अहिले आएर एक रातमा १२ देखि १५ सय सम्मलाई बास बसाउन सकिने होटलहरु बनेका छन् । विशेष गरी निजि लगानी बढेको छ । कोभिडले अन्य क्षेत्र जस्तै काठमाण्डौ, पोखरा हेरी यहाँ त्यती असर गरेको छैन, पर्यटकको आगमान राम्रै छ ।”
कोशी प्रदेश अन्तरगत सुनसरी जिल्ला र धनकुटा जिल्लाको दोसाँधमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकले औधी नै रुचाएको पर्यटकिय स्थल हो । यस विषयलाई मध्यनजर गर्दै भेडेटारका होटल व्यवसायीहरुले मिलेर आन्तरिक तथा बाह्य पर्यटक लागि यस्ता बिषेश ककार्यक्रम गर्दै आएका छन् ।
पर्यटन केन्द्र बन्ने प्रचुर सम्भावना बोकेको बोराबाँध (भिडियो सहित)
# पर्यटन
रोहित कुमार बस्नेत (डेविट) गणतन्त्र खबर / सप्तकोशी नदीको नाम सुन्नासाथ धेरैलाई बाढी, कटान र विस्थापनको सम्झना आउँछ । बषौंदेखि यस नदीले दुःख पनि दिने
हात्ती करिडोर बनाएर पर्यटन प्रर्वद्धन गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
# पर्यटन
गणतन्त्र खबर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनै पनि बाहानामा जनताको काममा ढिलासुस्ती गर्न नहुने बताएका छन् । विहीबार पर्यटन वन तथा
कोभिड-19 माहामारीको कारण बन्द रहेको पदयात्रा खुला
# पर्यटन
गणतन्त्र खबर / कोरोना कोभिड-19 को माहामारीको कारण बन्द रहेको पदयात्रा र पर्वताराेहण मापदण्ड लागु गरी खुला गरिएकाे छ । अहिले लकडाउन खुकुलाे बनाइएसँगै

प्रतिकृया दिनुहोस