कोभिड-19 माहामारीको कारण बन्द रहेको पदयात्रा खुला
गणतन्त्र खबर / कोरोना कोभिड-19 को माहामारीको कारण बन्द रहेको पदयात्रा र पर्वताराेहण मापदण्ड लागु गरी खुला गरिएकाे छ । अहिले लकडाउन खुकुलाे बनाइएसँगै मापदण्ड निर्धारण गरेर पर्वताराेहण पनि खुलाइएकाे हाे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयाता तथा पर्वताराेहणका लागि नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरिसकेकाे छ । साे मापदण्ड अनुसार पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने छन् । उनीहरुका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ ।
यस्तै नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान पनि राखिएकाे छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।
यस्तै नेपालमा आउने सबै पर्यटक सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने पनि मापदण्डमा उल्लेख छ । क्वारेन्टिनमा बसेको पाँचौ दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गरिनेछ । मापदण्डमा उल्लेख गरिए अनुसार उक्त परीक्षणमा नेगेटिभ आएमा मात्र पदयात्रा र पर्वतारोहणमा जान सकिने छ ।

पर्यटन केन्द्र बन्ने प्रचुर सम्भावना बोकेको बोराबाँध (भिडियो सहित)
# पर्यटन
रोहित कुमार बस्नेत (डेविट) गणतन्त्र खबर / सप्तकोशी नदीको नाम सुन्नासाथ धेरैलाई बाढी, कटान र विस्थापनको सम्झना आउँछ । बषौंदेखि यस नदीले दुःख पनि दिने
पौष १५ देखि १७ गते ११ औं भेडेटार फुड फेस्टिवल हुने
# पर्यटन
गणतन्त्र खबर / होटल एशोसिएसन भेडेटारले २०६८ साल देखि गर्दै आएको भेडेटार फुड फेस्टिवल यस पटक पनि पौष १५ देखि १७ गते सम्म गर्ने भएको छ । एशोसिएसनले शनिबार
हात्ती करिडोर बनाएर पर्यटन प्रर्वद्धन गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
# पर्यटन
गणतन्त्र खबर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनै पनि बाहानामा जनताको काममा ढिलासुस्ती गर्न नहुने बताएका छन् । विहीबार पर्यटन वन तथा

प्रतिकृया दिनुहोस