• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

धरानमा सुनचाँदी बन्द : विलासिता कर विरोधमा व्यवसायी सडकमा

इलाका प्रशासन कार्यालय धरानका प्रमुखलाई ज्ञापन-पत्र

गणतन्त्र खबर / सुनचाँदी तथा गरगहना व्यवसायमा सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत लगाइएको ‘विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) विरुद्ध सुनसरी धरानका सुनचाँदी व्यवसायीहरू संयुक्त आन्दोलनमा उत्रिएका छन् । बिहिबार, उनीहरुले आ-आफ्नो व्यवसाय बन्द गरी प्रदर्शनसहित धरान-१३ स्थित इलाका प्रशासन कार्यालयमार्फत अर्थमन्त्रीलाई ज्ञापन-पत्र बुझाएका छन् ।

सुनसरी सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी कला व्यवसायी संघ, सुनसरी र सुनसरी रत्न तथा आभूषण संघको सँयुक्त नेतृत्वमा करिब ८०/९० जना व्यवसायीहरूको सहभागितामा र्याली निकालिएको थियो । व्यवसायीहरूले “अनावश्यक कर खारेज गर, सुनचाँदी व्यवसायी एक हौं, उपभोक्ता मार्न पाइँदैन” जस्ता नारासहित विरोध जनाएका थिए ।

सुनलाई मुलुकी देवानी संहिताले नगद सरह मान्यता दिएको अवस्थामा पनि सरकारद्वारा ‘विलासिता कर’ लगाइनु कानुन विपरीत रहेको व्यवसायीहरूको मुख्य ठहर छ । उनीहरूले करले उपभोक्ताको लागत ६ प्रतिशतभन्दा बढीले बढ्ने, जुन प्रत्यक्ष रूपमा जनतामाथिको बोझ हुने ज्ञापन-पत्र मार्फत जनाएका छन् ।

हिरा र पत्थर जडित गरगहनामा १३ प्रतिशत भ्याटले वैध कारोबार घटाउने र तस्करी प्रवृत्तिलाई प्रोत्साहन दिने खतरा रहेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । भारतको सन्दर्भ दिँदै नेपालमा पनि भन्सार दर घटाएर प्रतिस्पर्धी बनाइनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा ५०, १०० ग्रामको सानो परिमाणमा सुन सरल र कानुनी रुपमा उपलब्ध गराउने, १० प्रतिशत भन्सार घटाएर ७ प्रतिशत कायम गरिनु पर्ने, र भविष्यमा सरोकारवाला निकायसँग छलफल गरी कर नीतिहरू निर्माण गरिनु पर्ने मागहरू समेटिएका छन् ।

सुनसरी सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल सुनचाँदी कला व्यवसायी संघ, सुनसरीका अध्यक्ष प्रदिप गहतराज र सुनसरी रत्न तथा आभूषण संघका अध्यक्ष टेक बहादुर याङ्देनले संयुक्त रुपमा हस्तारक्षित ज्ञापन-पत्रलाई उनीहरु स्वयम लगायत अरु सुनचाँदी व्यवसायीहरुको उपस्थितिमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख अम्बिका प्रसाद रेग्मी मार्फत अर्थमन्त्रीसमक्ष पेश गरे । 

केन्द्रमा सुनचाँदी व्यवसायमा आवद्ध तीनवटै (नेपाल सुन-चाँदी व्यवसायी महासंघ, नेपाल सुन-चाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ)को मंगलबार बसेको संयुक्त बैठकले तत्काल उक्त कर लगाउने घोषणा फिर्ता गर्न सम्बद्ध निकायमा आग्रह गर्ने बताएका थिए ।

त्यँही केन्द्रिय निर्देशन अनुसार धरानमा पनि आन्दोलनको रुपमा पसल तथा व्यवसाय बन्द गरी इलाका प्रशासन कार्यालयमा ज्ञापन-पत्र बुझाईएको सुनसरी सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार भोली पनि पसल तथा व्यवसाय बन्द रहने जानकारी दिए । 

प्रतिकृया दिनुहोस

धरान संयुक्त गृल व्यवसायी संघमा अब उदय राईको नेतृत्व

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । २०५३ सालमा स्थापना भएको संयुक्त गृल उद्योग व्यवसायी संघ धरानको ९औं कार्यकालका लागि अध्यक्षमा उदय कुमार राई चयन भएका छन् ।

धरान मदिरा व्यवसायी संघ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । मदिरा ब्यवसायी संघ, धरानको अध्यक्षमा प्रदिप कुमार श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । शनिबार सम्पन्न धरान मदिरा ब्यवसायी

१९०० पर्ने जुत्ता १००० मै, धरानमा जुत्ता चप्पल मेला सुरु (भिडियो सहित)

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । छाता चोकमा धरान जुत्ता चप्पल मेला २०८२ भव्य रूपमा सुरु भएको छ । शनिबार नेपाली उत्पादन प्रयोग गरौं भन्ने मूल नाराका साथ आयोजना