पर्यटन जनशक्ति विकासको दिशामा कोशी प्रदेश (भिडियो सहित)
गणतन्त्र खबर / कोशी प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०८२’ को सन्दर्भमा धरान र धनकुटामा पाँच दिने पर्यटन जनशक्ति बिकास सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम (ट्रेनिङ अफ ट्रेनर) भव्य रूपमा सुरू गरिएको छ । पर्यटन जनशक्ति विकास गर्ने उद्देश्यले प्रदेश पर्यटन कार्यालय, धरानको आयोजनामा भइरहेको यस तालिमले प्रदेशका १४ वटै जिल्लाबाट छानिएका २६ जना सहभागीहरूलाई एकै थलोमा उभ्याएको छ । उनीहरू अब प्रशिक्षण लिने होइन, प्रशिक्षण दिने भूमिकामा आफूलाई तयार पार्दैछन् ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्न सक्ने यस्ता तालिमहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए । उनले भने, “कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक, धार्मिक र साहसिक पर्यटनका दृष्टिले भरिपूर्ण छ । सगरमाथादेखि नेपालको सबैभन्दा होचो भूभागसम्म, पाथीभरा, हलेसी, रामधुनी र बराहक्षेत्रजस्ता धार्मिक स्थल, अनि विविध जातजातिको मौलिक संस्कृति मध्ये किराती राई संस्कृति, यी सबैलाई संसार सामु चिनाउन सके कोशी समृद्धिको मार्गमा अघि बढ्नेछ ।”
उनले प्रदेशका १४ वटै जिल्लाबाट आएका सहभागीसँग आग्रह गर्दै भने, “हामीले थलमार्गका पर्यटकलाई लक्षित गर्दै धार्मिक पर्यटन प्रबर्द्धनमा जोड दिएका छौं । भारत र बंगलादेशबाट भित्रिने पर्यटकको आउन जान सहझताको लागि लागि चारवटा नाकामा ‘टुरिष्ट स्टिकर’को व्यवस्था पनि गरिएको छ ।”
धरान पर्यटन कार्यालयका प्रमुख भिषण राईले सहभागी प्रशिक्षार्थीहरूलाई सम्बोधन गर्दै तालिमको गहिरो उद्देश्यको प्रस्ट पार गर्दै भने, “हामी सबै प्रशिक्षक हौं, प्रश्न के छ भने, के हामी योग्य छौं ? काविल छौं ? भोली हामीले दिएको प्रशिक्षणबाट उत्पादन हुने जनशक्ति सक्षम हुन्छ कि हुँदैन ? त्यसैले तपाईंहरूलाई अझ योग्य र दक्ष बनाउन हामीले यो कार्यक्रम ल्याएका हौं ।”
कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशक समिति सदस्य तथा होटल व्यवसायी महासंघका महासचिव बासुदेव बरालका अनुसार यो कार्यक्रमको उद्देश्य केवल प्रशिक्षण दिनु मात्र नभई, गाउँ गाउँसम्म पर्यटन साक्षरता फैलाउने नेतृत्व तयार गर्नु हो । “जिल्लाबाट छानिएका सहभागीहरू अब गाउँ फर्केर पर्यटन चेतना जगाउनेछन्, तालिम दिनेछन् र स्थानीय पर्यटनको सम्भावना उजागर गर्नेछन्,” उनले भने ।
बरालले अझ थपे, “पर्यटन वर्ष भ्रमण वर्ष होइन । यो वर्ष हामी पर्यटनको जग तयार गर्दैछौं, पर्यटन बुझ्ने, सिक्ने, र गाउँसम्म फैलाउने आधार तयार गर्दैछौं ।”
यस तालिममा सहभागी धरानका सञ्चारकर्मी मात्रिका नेपालले भने, “यसले हामीलाई सैद्धान्तिक ज्ञान मात्र होइन, पर्यटन विकासको नेतृत्व क्षमता पनि दिन्छ ।” अन्य सहभागीहरुले यस प्रशिक्षण कोशीको आर्थिक परिवर्तनको सूत्र हुने जिकिर गरे ।
पाँच दिने तालिम दुई चरणमा बाँडिएको छ । धरानमा दुई दिन मोहन श्रेष्ठद्वारा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिइएको छ भने बाँकी तीन दिन धनकुटाको डाँडाबजारमा डा. चेतनाथ कडेलद्वारा गहिरो पर्यटन विशेषज्ञतामा आधारित प्रशिक्षण हुनेछ । सरकारी खर्चमा आयोजित यस तालिममा यातायातदेखि खाजा खर्चसम्मको व्यवस्थापन गरिएको छ ।
यसरी नै पर्यटन बर्ष २०८२ को सफलता आधार तयार पार्न कोशी प्रदेश सरकारले विविध कार्यक्रम गर्दै आएको छ ।
धरान संयुक्त गृल व्यवसायी संघमा अब उदय राईको नेतृत्व
# अर्थ/बाणिज्य
गणतन्त्र खबर / धरान । २०५३ सालमा स्थापना भएको संयुक्त गृल उद्योग व्यवसायी संघ धरानको ९औं कार्यकालका लागि अध्यक्षमा उदय कुमार राई चयन भएका छन् ।
धरान मदिरा व्यवसायी संघ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन
# अर्थ/बाणिज्य
गणतन्त्र खबर / धरान । मदिरा ब्यवसायी संघ, धरानको अध्यक्षमा प्रदिप कुमार श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । शनिबार सम्पन्न धरान मदिरा ब्यवसायी
१९०० पर्ने जुत्ता १००० मै, धरानमा जुत्ता चप्पल मेला सुरु (भिडियो सहित)
# अर्थ/बाणिज्य
गणतन्त्र खबर / धरान । छाता चोकमा धरान जुत्ता चप्पल मेला २०८२ भव्य रूपमा सुरु भएको छ । शनिबार नेपाली उत्पादन प्रयोग गरौं भन्ने मूल नाराका साथ आयोजना

प्रतिकृया दिनुहोस