• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

धरानमा यामाहाका नयाँ भेरियन्ट MT-15 V2 र FZ-S V3 DLX सार्वजनिक

गणतन्त्र खबर / धारनको बिजयपुर ट्रेडर्सले यामाहाका  MT-15 V2 र FZ-S V3 DLX का नयाँ आकर्षक भेरियन्ट्सका मोटरसाइकल सार्वजनिक गरेको छ । बुधबार, धरान-८ स्थित लाङ्घाली चौकमा  रहेको बिजयपुर ट्रेडर्सको यामाहा ब्लु इस्कवाएर शोरुममा सार्बजनिक गरिएको हो ।

सुनसरी उध्योग बाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठको प्रमुख आथित्यतामा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र बिजयपुर ट्रेडर्सका अध्यक्ष तथा सुनसरी उध्योग बाणिज्य संघका महासचिव प्रभाव खतिवडाले संयुक्त रुपमा MT-15 V2 FZ-S V3 DLX का नयाँ भेरियन्ट्का मोटरसाइकलको आनवरन गरेका हुन् ।

नयाँ भेरियन्ट्का मोटरसाइकलको आनवरन गर्दै प्रमुख अथिति श्रेष्ठले यामाहाका उत्पादनहरु धेरै माइलेज दिने र टिकाउ हुने बताए । उनले आफू पनि यामाहाका स्कुटी र मोटरसाइकल ग्राहक भएको जनाउदै अहिलेका युवाहरूलाई लक्षित गरि यामाहाले यो नयाँ  उत्पादन गरेको भनाई व्यक्त गरे ।

उनले अहिलेको सरकार र रास्ट्र बैंकले ब्यवसायीको हित हुने खालको निति ल्याउन आग्रह समेत गरे ।

बिजयपुर ट्रेडर्सका अध्यक्ष खतिवडाले अनावरन भएका मोटरसाइकल MT-15 V2 अब नयाँ नयाँ Ice Storm 2 Vivid Violet Metallic मा उपलब्ध भएको बताएका छन । उनले युवा राइडरहरूलाई सहज र आकर्षक हुनेगरी यामाहाले निर्माण गरेको बताए ।

MT-15 V2 को मुल्य ५ लाख ६० हजार ९ सय र  FZ-S V3 DLX को मुल्य ४ लाख १५ हजार  ९ सय रहेको उनले जानकारी दिए । 

FZ-S V3 भने सबै उमेर समुहको लागि सहज हुने गरि निर्माण गरिएको यामाहको दावी रहेको छ ।

प्रतिकृया दिनुहोस

धरान संयुक्त गृल व्यवसायी संघमा अब उदय राईको नेतृत्व

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । २०५३ सालमा स्थापना भएको संयुक्त गृल उद्योग व्यवसायी संघ धरानको ९औं कार्यकालका लागि अध्यक्षमा उदय कुमार राई चयन भएका छन् ।

धरान मदिरा व्यवसायी संघ अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । मदिरा ब्यवसायी संघ, धरानको अध्यक्षमा प्रदिप कुमार श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । शनिबार सम्पन्न धरान मदिरा ब्यवसायी

१९०० पर्ने जुत्ता १००० मै, धरानमा जुत्ता चप्पल मेला सुरु (भिडियो सहित)

# अर्थ/बाणिज्य

गणतन्त्र खबर / धरान । छाता चोकमा धरान जुत्ता चप्पल मेला २०८२ भव्य रूपमा सुरु भएको छ । शनिबार नेपाली उत्पादन प्रयोग गरौं भन्ने मूल नाराका साथ आयोजना