• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

फेसबुकले अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी गर्दै

गणतन्त्र खबर / विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विशेषता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् ।

फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विशेषता परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले पुरै तयारीका साथ जोड्न थालिएको हो ।

पोडकास्ट सेवा जोडिएपछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने भएको फेसबुक कम्पनीले जनाएको छ । अडियो सेवाका बारेमा इमेल मार्फत जानकारी दिने र जोड्न सकिने व्यवस्था गर्न लागिएको पनि अधिकारीहरुले बताएका छन् ।

फेसबुकको न्युजफिडमा अडियो पोस्ट गर्न मिल्ने र त्यही बजाएर सुन्न मिल्ने व्यवस्था हुने भएको छ । कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेशन पनि जाने भएको छ

 

प्रतिकृया दिनुहोस

षडानन्द नगरपालिकामा नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालन

# कृषि

गणतन्त्र खबर / भोजपुर। भोजपुरको षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालनमा ल्याएको छ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा

त्रियुगाले मनायो १०औं विश्व माटो दिवस

# कृषि

गणतन्त्र खबर / उदयपुरमा ‘‘माटो र पानी जीवनको थालनी’’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाईएको छ । त्रियुगा

धरान १४ नं. वडाद्वारा १ घर बराबर २ विरुवा निशुल्क वितवरण

# कृषि

गणतन्त्र खबर / स्वच्छ वातावरण रहन सहयोग पुगोस भनी धरान १४ नं. वडाले १ घर बराबर २ विरुवा निशुल्क वितवरण गरेको छ । आज दन्तकाली मा. वि. स्कुलमा १४ नं.