• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

त्रियुगाले मनायो १०औं विश्व माटो दिवस

गणतन्त्र खबर / उदयपुरमा ‘‘माटो र पानी जीवनको थालनी’’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाईएको छ । त्रियुगा नगरपालिकाको कृषि विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका कृषकहरुले हातमा प्ले कार्ड बोकेर र्‍याली गर्दै गाईघाट बजार परिक्रमा गरेका थिए ।

र्‍याली पछि त्रियुगा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा कृषकहरुलाई सम्धोधन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले माटो किसान र कृषिसँग सम्बन्धित रहेको हुनाले यसको स्वच्छतातर्फ ध्यान दिनका लागि सम्बन्धित किसान र सरोकार वालालाई आग्रह गरे ।

नगर प्रमुख बस्नेतले रासायनिक मलको प्रयोगले माटोको भौतिक, रासायनिक तथा जैविक गुण बिग्रन गई उर्वराशक्तिमा ह्रास आउने क्रम दिन प्रतिदिन बढ्दै गएकाले सम्पूर्ण सरोकारवाला र कृषकलाई एकताबद्ध बनाएर जनचेतना अभिवृद्धि गर्ने मूल ध्येयका साथ विश्व माटो दिवस नगरपालिकामा मनाउन सुरु गरिएको मेयर बस्नेतले बताए ।

नगरपालिकाले यस अघि व्यबसायीक कृषि गर्दै आएका १ सय कृषकको खेतीमा पुगेर माटो परिक्षण गरेको थियो । माटो चेक गराएका १ सय कृषकलाई ‘सोयल हेक्थ कार्ड’ (माटो सम्बन्धी जानकारी सहितको पत्र) वितरण समेत गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस

षडानन्द नगरपालिकामा नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालन

# कृषि

गणतन्त्र खबर / भोजपुर। भोजपुरको षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालनमा ल्याएको छ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा

धरान १४ नं. वडाद्वारा १ घर बराबर २ विरुवा निशुल्क वितवरण

# कृषि

गणतन्त्र खबर / स्वच्छ वातावरण रहन सहयोग पुगोस भनी धरान १४ नं. वडाले १ घर बराबर २ विरुवा निशुल्क वितवरण गरेको छ । आज दन्तकाली मा. वि. स्कुलमा १४ नं.

फेसबुकले अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी गर्दै

# कृषि

गणतन्त्र खबर / विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विशेषता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा