• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

धरान १४ नं. वडाद्वारा १ घर बराबर २ विरुवा निशुल्क वितवरण

गणतन्त्र खबर / स्वच्छ वातावरण रहन सहयोग पुगोस भनी धरान १४ नं. वडाले १ घर बराबर २ विरुवा निशुल्क वितवरण गरेको छ । आज दन्तकाली मा. वि. स्कुलमा १४ नं. वडावासीलाई बोलाएर एक लिची र अर्को आँपको विरुवा वितवरण गरेको हो ।

पोहोर साल तेजपत्ताको विरुवा, अमलाको विरुवा सज्ज्उिनको विरुवा यसै बर्षा समयमा वडावासीलाई वितवरण गरिएको र यस साल चाँही आँप र लिची फलको विरुवा बाँडिएको वडाका वडाअध्यक्ष कृष्ण भट्टराईले बताए । उनले राष्ट्रपति चुरेकोषबाट र लाहानका फलफूल संस्थाको सहयोगबाट ६३० विरुवा ल्याएको बताए । फलफूलको विरुवामा वडावासीको बढ्दो आर्कषण भएको अपूग भएमा थप झिकाएर वितवरण पनि गरिने अध्यक्ष भट्टराईले बताएका छन् ।

अध्यक्ष भट्टराईले दिनानु दिन शहरीकरण बढ्ने र प्रकृति मासिंदै गएकोले यसको संरक्षणको निम्ति थोरै मात्रमा भएपनि सहयोग पुगोस भन्नको लागि विरुवा वितवरण गरिएको बताए । उनले वडाबासीले पनि वडा समितिले बाँडेर मात्र विरुवा रोप्ने होईन कि आँफै पनि खरिद गरेर विरुवा लगाए देखि अझ राम्रो हुने बताए ।

फलफूलको विरुवा पाएपछि वडाबासीहरु भने खुशी भएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

षडानन्द नगरपालिकामा नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालन

# कृषि

गणतन्त्र खबर / भोजपुर। भोजपुरको षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालनमा ल्याएको छ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा

त्रियुगाले मनायो १०औं विश्व माटो दिवस

# कृषि

गणतन्त्र खबर / उदयपुरमा ‘‘माटो र पानी जीवनको थालनी’’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी दशौँ विश्व माटो दिवस मनाईएको छ । त्रियुगा

फेसबुकले अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी गर्दै

# कृषि

गणतन्त्र खबर / विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विशेषता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा