विश्व संगीत दिवसमा धरानमा मिलन खातीलाई ‘श्रष्टा सम्मान’
गणतन्त्र खबर / विश्व संगीत दिवस-२०२५ को अवसरमा धरान संगित प्रतष्ठिानले भानुचौकमा साँगीतिक कार्यक्रमको आयोजना गरि मनाईरहेको छ । शनिबार, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आथित्यतामा साँगितिक कार्यक्रम सुरु गरिएको हो ।
धरान संगीत प्रतिष्ठानले 'श्रष्टा सम्मान' अन्तरगत नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याएका विशिष्ट गायक, संगितकार र गीतकार समेत रहेका मिलन सिंह खातीलाई सम्मान गरिएको छ । प्रमुख अथिति मन्त्री राई र प्रतिष्ठानका अध्यक्ष रमेश राईले उनलाई सम्मान गरेका हुन् । सम्मानित खातीका “भनिदेउ आज के छ मनमा” जस्ता कालजायी गीत अति नै लोकप्रिय छ । यस अघि उनले ब्राईटर तिम्रो सुर मेरो गीतमा निर्णायकको भूमिका समेत निभाएका थिए ।
बरिष्ठ गायक दिप श्रेष्ठ, उनै सम्मानित विशिष्ट गायक मिलन सिंह खाती लगायत धरानका चर्चित गायकहरुले आफ्नो साँगितिक प्रस्तुति पस्किदैछन् ।
हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व संगीत दिवस मनाउन थालिएको हो । नेपालमा भने २०४५ सालदेखि दिवस मनाउन थालिएको हो । सङ्गीत दिवसको अवसरमा धरान संगीत प्रतिष्ठानले हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।
‘चौतारिको डिलैमा’ आयो बजारमा
# मनोरन्जन
गणतन्त्र खबर / धरान । राष्ट्र प्रेमी गीतकार विदुर खड्काको लेखन रहेको ‘चौतारिको डिलैमा ’ मा बोलको गीत सार्वजनिक भएको छ । उनको लेखन रहेको गीतमा सरोज
नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक, मौलिकताको झल्को दिने प्रयास
# मनोरन्जन
गणतन्त्र खबर / धरान । नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक भएको छ । गीतमा शब्द चन्द्र जयपाल राईको रहेको छ भने स्वरमा परेश
याक्थुङ सिने अवार्ड २०८२ : पालम र म्युजिक भिडियो पनि समेटिने
# मनोरन्जन
गणतन्त्र खबर / धरान । याक्थुङ कला, संस्कृति संरक्षण तथा प्रवर्द्धनसँगै स्थानीय क्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यका साथ याक्थुङ

प्रतिकृया दिनुहोस