• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

याक्थुङ सिने अवार्ड २०८२ : पालम र म्युजिक भिडियो पनि समेटिने

गणतन्त्र खबर / धरान । याक्थुङ कला, संस्कृति संरक्षण तथा प्रवर्द्धनसँगै स्थानीय क्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यका साथ याक्थुङ चलचित्रकर्मी संघले दोस्रो पटक अवार्ड आयोजना गर्ने भएको छ । यही माघ २४ गते (शनिबार) नेपालका प्रतिष्ठित कलाकारहरूको सहभागितामा अवार्ड कार्यक्रम गर्ने भएको हो ।

लिम्बु पालम र म्युजिक भिडियो विधालाई समेत समेट्दै कार्यक्रम ‘याक्थुङ सिने अवार्ड इन्टरनेशनल २०८२’ आयोजना गर्ने संघका अध्यक्ष नविन मेन्याङवोले बताएका छन् । धरान १ स्थित सुनसरी उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए । 

नेपाल र नेपाल बाहिर छरिएर रहेका याक्थुङ चलचित्रकर्मीहरूलाई एकताबद्ध गर्दै याक्थुङ र नेपाली चलचित्रबीच सुदृढ सम्बन्ध स्थापित गर्ने, चलचित्रको स्तर उन्नति तथा उत्कृष्टताका लागि विमर्श र बहस गर्ने उद्देश्यले संघ स्थापना गरिएको हो । 

संघले २०८० को राष्ट्रिय माधिवेशनको अवसरमा चर्चित सिनेमा नुमाफुङका लेखक निर्देशक नबिन सुब्बालाई अभिनन्दन, लेखक तथा निर्देशक उपेन्द्र सुब्बालाई फक्ताङलुङ्ङ्ग सम्मान, लेखक तथा निर्देशक सुरज सुब्बा नाल्वोलाई चोमोलुङ्मा अवार्ड, कलाकार प्रेम सुब्बालाई याक्थुङ ‘बरिष्ठ कलाकार’ पदबाट र किशोर सुब्बालाई ‘वरिष्ठ याक्थुङ चलचित्रकर्मी’ पदवीबाट सुशोभन सम्मान गरेको थियो ।

२०८१ को अवार्डमार्फत वरिष्ठ कलाकार प्रेम सुब्बालाई ‘सोदुइड्गेन लेप्मुहाइ अवार्ड’ प्रदान गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

‘चौतारिको डिलैमा’ आयो बजारमा

# मनोरन्जन

गणतन्त्र खबर / धरान । राष्ट्र प्रेमी गीतकार विदुर खड्काको लेखन रहेको ‘चौतारिको डिलैमा ’ मा बोलको गीत सार्वजनिक भएको छ । उनको लेखन रहेको गीतमा सरोज

नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक, मौलिकताको झल्को दिने प्रयास

# मनोरन्जन

गणतन्त्र खबर / धरान । नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक भएको छ । गीतमा शब्द चन्द्र जयपाल राईको रहेको छ भने स्वरमा परेश

विश्व संगीत दिवसमा धरानमा मिलन खातीलाई ‘श्रष्टा सम्मान’

# मनोरन्जन

गणतन्त्र खबर / विश्व संगीत दिवस-२०२५ को अवसरमा धरान संगित प्रतष्ठिानले भानुचौकमा साँगीतिक कार्यक्रमको आयोजना गरि मनाईरहेको छ । शनिबार, कोशी