नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक, मौलिकताको झल्को दिने प्रयास
गणतन्त्र खबर / धरान । नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोकगीत ‘बाबियो डोरी’ सार्वजनिक भएको छ । गीतमा शब्द चन्द्र जयपाल राईको रहेको छ भने स्वरमा परेश राई र मेनुका राईले आवाज दिएका छन् । गीतलाई शशि गुरुङले कम्पोज तथा निर्देशन गरेका हुन् ।
गीतको संगीत संयोजन देवेश राईले गरेका छन् भने रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् । मिक्सिङ तथा मास्टरिङको काम किशोर थापाले गरेका छन् । गीत ‘एक संगीतकार’ स्टुडियोमा रेकर्ड गरिएको हो ।
म्युजिक भिडियोमा सोनम तामाङ र अञ्जना राईको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी उमेश राई (फुलान्देको आमा)ले गरेका छन् । निर्माण व्यवस्थापन भोगेन्द्र याम्फुले सम्हालेका छन् भने निर्माता शिखर राई रहेका छन् ।
भिडियोको छायांकन भूपेन्द्र तुम्बाहाङ्फेले गरेका हुन् भने सम्पादन अनिल राणाले गरेका छन् । गीत तथा भिडियोले नेपाली लोकसंस्कृति, प्रेम र मौलिकताको झल्को दिने प्रयास गरेको निर्माण टिमले जनाएको छ ।
भिडियो हेर्नुहोस् ।
‘चौतारिको डिलैमा’ आयो बजारमा
# मनोरन्जन
गणतन्त्र खबर / धरान । राष्ट्र प्रेमी गीतकार विदुर खड्काको लेखन रहेको ‘चौतारिको डिलैमा ’ मा बोलको गीत सार्वजनिक भएको छ । उनको लेखन रहेको गीतमा सरोज
याक्थुङ सिने अवार्ड २०८२ : पालम र म्युजिक भिडियो पनि समेटिने
# मनोरन्जन
गणतन्त्र खबर / धरान । याक्थुङ कला, संस्कृति संरक्षण तथा प्रवर्द्धनसँगै स्थानीय क्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यका साथ याक्थुङ
विश्व संगीत दिवसमा धरानमा मिलन खातीलाई ‘श्रष्टा सम्मान’
# मनोरन्जन
गणतन्त्र खबर / विश्व संगीत दिवस-२०२५ को अवसरमा धरान संगित प्रतष्ठिानले भानुचौकमा साँगीतिक कार्यक्रमको आयोजना गरि मनाईरहेको छ । शनिबार, कोशी

प्रतिकृया दिनुहोस