• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

ऐतिहासिक महिला क्लबस्तरीय फुटबल प्रतियोगिता सुरु, धरान लेडिजको विजयी सुरुवात

गणतन्त्र खबर, धरान, असार ३ । धरान सिटी फुटबल क्लबको आयोजनामा दोस्रो मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । धरान-१६ स्थित रंगशालामा प्रदेश सांसद विजय कुमार राईको प्रमुख आतिथ्यतामा सुरु भएको उद्घाटन खेलमा धरान लेडिज फुटबल टिमले हाम्रो इटहरी भेट्रान क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै शानदार जितको सुरुवात गरेको हो ।

पहिलो हाफको ११ औं मिनेटमा धरानकी सोनामी राईले पहिलो गोल गरी सुरुवात गरेकी थिईन । त्यसको दवावमा परेको हाम्रो इटहरी भेट्रान क्लबले पहिलो हाफको २६ औं मिनेटमा लोचना लिम्बुले जवाफी गोल फर्काएकी थिईन । दोश्रो हाफमा कुनैपनि टिमबाट गोल हुन नसकेपछि १ गोलको बराबरी रहेको खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा धरान लेडिजका एलेक्स चौधरी, केरेन लिम्बु, आयुषा राई र समीक्षा मगरले गोल गरे । सिम्रन राईको प्रहार भने गोलमा परिणत हुन सकेन ।

हाम्रो इटहरी भेट्रान क्लबका लागि मनिता तामाङ, कल्पना कार्की र पुनम लिम्बुले गोल गरे । पेन्जु राई र समीक्षा आचार्यको प्रहार भने सफल हुन सकेन ।

धरान लेडिजले पाँचमध्ये चार प्रहारलाई गोलमा परिणत गर्दा इटहरीले पाँचमध्ये तीन गोल मात्र गर्न सकेपछि धरान विजयी बनेको हो ।

खेलभर दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिए पनि अन्ततः पेनाल्टी सुटआउटमा धरान लेडिजले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा महत्वपूर्ण जित हासिल गरेको हो ।

आयोजक अनुसार भोली फेयर फुटबल क्लब धरान १७ र दियालो जनकल्याण क्लब रामधुनीबीच प्रस्पिर्धा हुनेछ । 

महिला फुटबलको विकासमा प्रतियोगिता कोशेढुङ्गा सावित हुने

धरान सिटी फुटबल क्लबका अध्यक्ष सागर घिमिरेले धरानमा महिला फुटबलको विकास र प्रवर्द्धनका लागि क्लब स्तरीय प्रतियोगिता कोशेढुङ्गा सावित हुने बताएका छन् । धरान उपमहानगरपालिकाले विनियोजन गरेको २ लाख ५० हजार रुपैयाँको बजेट सहयोगमा यस ऐतिहासिक प्रतियोगिताको सुरुवात भएको हो । 

उनका अनुसार यसअघि विद्यालय स्तरीय रूपमा आयोजना हुँदै आएको यस प्रतियोगितालाई यस वर्ष परिमार्जन गरी क्लब स्तरीय बनाइएको हो । नेपालमै पहिलो पटक महिला टोलीहरू बीच यस प्रकारको क्लब स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको दाबी गर्दै अध्यक्ष घिमिरेले यसले महिला खेलाडीहरूलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने विश्वास व्यक्त गरे । 

यस संस्करणमा सुनसरी जिल्लाभरका उत्कृष्ट खेलाडीहरू समेट्ने उद्देश्यले धरानका ७ वटा र इटहरी, बराहक्षेत्र तथा रामधुनीका १र१ गरी कुल १० वटा बलिया टोलीहरूले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद ८१ हजार रुपैयाँ र उपविजेताले ४१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ र हरेक खेलको ुप्लेयर अफ दि म्याचुलाई ४ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। क्लबले आगामी दिनमा यो प्रतियोगितालाई अझ ठूलो र स्तरीय बनाउँदै लैजाने लक्ष्य राखेको छ ।

प्रतिकृया दिनुहोस

अन्तर्राष्ट्रिय करातेमा प्रमोद राईको दोहोरो सफलता, स्वर्ण र कास्य पदक जित्दै देशको नाम उँचो

# खेलकुद

गणतन्त्र खबर, श्रावण ८, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजका विद्यार्थी प्रमोद राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै

१३ स्वर्णसहित माउण्ट हर्मन पहिलो, धरान मेयर कप स्कुल ओलम्पिक सम्पन्न

# खेलकुद

गणतन्त्र खवर, असार २०, धरान । तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक-२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा माउण्ट हर्मन स्कुल सर्वाधिक १३ स्वर्ण पदक जित्दै

मोरङलाई प्रथम बनाउन योगदान दिने एभरेष्टका ६ खेलाडी सम्मानित

# खेलकुद

गणतन्त्र खवर, असार १८, धरान । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मोरङ जिल्लालाई प्रथम स्थान दिलाउन महत्वपूर्ण भूमिका