• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

मोरङलाई प्रथम बनाउन योगदान दिने एभरेष्टका ६ खेलाडी सम्मानित

गणतन्त्र खवर, असार १८, धरान । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मोरङ जिल्लालाई प्रथम स्थान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका एभरेष्ट स्कुलका ६ जना विद्यार्थी खेलाडीलाई विद्यालयले सम्मान गरेको छ ।

विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रममा प्रिन्सिपल टिकाराम पुरीले खेलाडीलाई अबिर र खादा लगाएर सम्मान गरे । उनले खेलकुदमा विद्यार्थीले हासिल गरेको सफलताले विद्यालयको प्रतिष्ठासँगै मोरङ जिल्लाको गौरव पनि बढाएको बताउँदै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए । विद्यालयले खेलकुदसँगै विद्यार्थीको प्रतिभा विकासलाई प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो ।

कोशी प्रदेश पौडी संघको आयोजनामा असार १६ र १७ गते सुनसरीको इटहरीस्थित ओसियन पार्कमा सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा १४ जिल्लाका खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा मोरङले सर्वाधिक पदक जित्दै प्रथम स्थान हासिल गरेको थियो । मोरङको सफलतामा एभरेष्ट स्कुलका ६ खेलाडीले मात्रै ३ स्वर्ण, ७ रजत र ६ कास्य गरी कुल १६ पदक जित्दै महत्वपूर्ण योगदान दिएका थिए ।

प्रतियोगितामा आरध्य पाण्डेले ५० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जिते । धावा तामाङले ५० मिटर बटरफ्लाईमा स्वर्ण, ५०, १००, ४०० र ८०० मिटर फ्रिस्टाइलमा रजत तथा २०० मिटर फ्रिस्टाइलमा कास्य पदक जिते । त्यस्तै, कृतक बास्तोलाले ५० र १०० मिटर ब्याकस्ट्रोकमा दुई रजत पदक प्राप्त गरे भने ओनस प्रधानले सोही स्पर्धामा दुई कास्य पदक हात पारे ।

यसैगरी हर्षित सिंहले २०० मिटर ब्रेस्टस्ट्रोकमा रजत पदक प्राप्त गरे भने युवन श्रेष्ठले २५ र ५० मिटर फ्रिस्टाइलमा कास्य पदक जित्न सफल भए । विद्यालयकी अतिरिक्त क्रियाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार विद्यार्थीको मेहनत र नियमित प्रशिक्षणका कारण प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको हो ।

प्रतियोगिताको समग्र नतिजामा मोरङ पहिलो, भोजपुर दोस्रो र झापा तेस्रो स्थानमा रहेका थिए । मोरङको जितमा अन्य विद्यालयका खेलाडीले पनि उल्लेखनीय योगदान दिएका थिए । प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य-सचिव विप्लव घोषले गरेका थिए भने प्रतियोगिता सञ्चालनका लागि बोर्डले आवश्यक बजेट उपलब्ध गराएको कोशी प्रदेश पौडी संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

अन्तर्राष्ट्रिय करातेमा प्रमोद राईको दोहोरो सफलता, स्वर्ण र कास्य पदक जित्दै देशको नाम उँचो

# खेलकुद

गणतन्त्र खबर, श्रावण ८, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजका विद्यार्थी प्रमोद राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै

१३ स्वर्णसहित माउण्ट हर्मन पहिलो, धरान मेयर कप स्कुल ओलम्पिक सम्पन्न

# खेलकुद

गणतन्त्र खवर, असार २०, धरान । तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक-२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा माउण्ट हर्मन स्कुल सर्वाधिक १३ स्वर्ण पदक जित्दै

मोना कप बेल्जियम-२०२६ को उपाधि एनईएससी अस्ट्रियालाई

# खेलकुद

गणतन्त्र खवर, असार १६, धरान । अस्ट्रियाको नेपाल युरोपियन स्पोर्ट्स क्लब (एनईएससी) ले बेल्जियममा सम्पन्न मोना कप बेल्जियम-२०२६ को उपाधि जितेको छ ।