मोना कप बेल्जियम-२०२६ को उपाधि एनईएससी अस्ट्रियालाई
गणतन्त्र खवर, असार १६, धरान । अस्ट्रियाको नेपाल युरोपियन स्पोर्ट्स क्लब (एनईएससी) ले बेल्जियममा सम्पन्न मोना कप बेल्जियम-२०२६ को उपाधि जितेको छ । उपाधिसँगै क्लबले ३ हजार युरो नगद पुरस्कार पनि प्राप्त गरेको छ ।
युरोपमा रहेका नेपाली समुदायबीच एकता र मित्रता बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा एनईएससीले सुरुदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्यो । समूह चरणमा शीर्ष स्थान हासिल गरेको टोलीले क्वाटरफाइनलमा लक्जेम्बर्गलाई पराजित गर्यो । त्यसपछि सेमिफाइनलमा जर्मनीलाई हराउँदै फाइनलमा पुगेको एनईएससीले उपाधिका लागि भएको खेलमा डेनमार्कलाई हराउँदै च्याम्पियन बन्यो ।
उपविजेता बनेको डेनमार्कले १ हजार ५ सय युरो नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्यो ।
एनईएससीका अध्यक्ष दिलकुमार घमालले यो सफलता क्लबको मात्र नभई युरोपमा रहेका सम्पूर्ण नेपाली समुदायको साझा उपलब्धि भएको बताए । उनले खेलाडीहरूको अनुशासन, मेहनत, समर्पण र टोलीगत भावनाले उपाधि जित्न सम्भव भएको उल्लेख गरे । आगामी दिनमा पनि युवा खेलाडीलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता बढाइने उनको भनाइ छ ।
क्लबका सल्लाहकार विकास कार्कीले मोना कपको उपाधिले एनईएससी र समग्र युरोपेली नेपाली समुदायको प्रतिष्ठा अझ उचो बनाएको बताए । उनले खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र सामूहिक भावनाले क्लबको पहिचान अझ बलियो बनेको उल्लेख गरे ।
सन् २०२० मा स्थापना भएको एनईएससी अस्ट्रिया अहिले युरोपमा परिचित नेपाली खेलकुद संस्थाका रूपमा स्थापित भएको छ । क्लबले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित सहभागिता जनाउँदै आएको छ भने हरेक वर्ष अगष्ट महिनामा भलिबल प्रतियोगितासमेत आयोजना गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय करातेमा प्रमोद राईको दोहोरो सफलता, स्वर्ण र कास्य पदक जित्दै देशको नाम उँचो
# खेलकुद
गणतन्त्र खबर, श्रावण ८, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजका विद्यार्थी प्रमोद राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै
१३ स्वर्णसहित माउण्ट हर्मन पहिलो, धरान मेयर कप स्कुल ओलम्पिक सम्पन्न
# खेलकुद
गणतन्त्र खवर, असार २०, धरान । तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक-२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा माउण्ट हर्मन स्कुल सर्वाधिक १३ स्वर्ण पदक जित्दै
मोरङलाई प्रथम बनाउन योगदान दिने एभरेष्टका ६ खेलाडी सम्मानित
# खेलकुद
गणतन्त्र खवर, असार १८, धरान । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मोरङ जिल्लालाई प्रथम स्थान दिलाउन महत्वपूर्ण भूमिका

प्रतिकृया दिनुहोस