१३ स्वर्णसहित माउण्ट हर्मन पहिलो, धरान मेयर कप स्कुल ओलम्पिक सम्पन्न
गणतन्त्र खवर, असार २०, धरान । तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक-२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा माउण्ट हर्मन स्कुल सर्वाधिक १३ स्वर्ण पदक जित्दै पहिलो बनेको छ ।
असार १३ गतेदेखि सुरु भएको प्रतियोगिता, धरानका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागितामा आज सम्पन्न भएको हो ।
प्रतियोगितामा क्रिकेट, भलिबल, सितोरियो कराते, तेक्वान्दो, बास्केटबल, टेबलटेनिस, सेपाकताक्रो, उसु र ब्याडमिन्टन गरी नौ विधाका खेल सञ्चालन गरिएको थियो । फुटबल प्रतियोगिता भने वर्षायामका कारण खेल मैदान हिलाम्मे भएकाले स्थगित गरिएको प्रतियोगिता संयोजक तथा धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले जानकारी दिए ।
समापन समारोहका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले विजेता खेलाडी तथा विद्यालयलाई पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
पदक तालिकामा माउण्ट हर्मन स्कुलले १३ स्वर्ण, २ रजत र ९ कास्य पदक जित्दै शीर्ष स्थान हासिल गर्यो । सैनिक आवासीय स्कुल र पब्लिक हाई स्कुलले समान ७-७ स्वर्ण पदक जिते भने सुनाखरी स्कुलले ६ तथा नेपाल प्रहरी स्कुलले ५ स्वर्ण पदक जितेका छन् । हेप्पी केयर स्कुलले ४ स्वर्ण, ११ रजत र ९ कास्य पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेको थियो ।
त्यस्तै मेघा हिमालयन स्कुलले ४, विष्णु मेमोरियल र ओशिस स्कुलले ३-३, युरेका, लोटस, सुनगाभा, जानकुञ्ज, सियोन, डिपोर्ट, बुद्ध आदर्श र लिगामेन्ट स्कुलले २-२ स्वर्ण पदक जिते । नोवेल, सेन्ट जोसेफ, होलिगार्डेन, सिद्धार्थ, दन्तकाली मावि, ज्ञानोदय मावि, केके इन्टरनेशनल, जोलसाय, सहिद, प्रभात र गोरखा स्कुलसहित अन्य विद्यालयले पनि स्वर्ण, रजत र कास्य पदक जित्दै प्रतियोगितामा आफ्नो उपस्थिति बलियो बनाए ।
तत्कालीन धरान नगर प्रमुख स्वर्गीय तारा सुब्बाको कार्यकालमा सुरु भएको स्कुल ओलम्पिक प्रतियोगिता विभिन्न कारणले केही वर्ष नियमित रूपमा सञ्चालन हुन सकेको थिएन । यस वर्ष भने ‘धरान मेयर कप स्कुल ओलम्पिक-२०८३’ का रूपमा प्रतियोगितालाई पुनः सञ्चालन गरिएको हो ।
अन्तर्राष्ट्रिय करातेमा प्रमोद राईको दोहोरो सफलता, स्वर्ण र कास्य पदक जित्दै देशको नाम उँचो
# खेलकुद
गणतन्त्र खबर, श्रावण ८, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजका विद्यार्थी प्रमोद राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै
मोरङलाई प्रथम बनाउन योगदान दिने एभरेष्टका ६ खेलाडी सम्मानित
# खेलकुद
गणतन्त्र खवर, असार १८, धरान । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मोरङ जिल्लालाई प्रथम स्थान दिलाउन महत्वपूर्ण भूमिका
मोना कप बेल्जियम-२०२६ को उपाधि एनईएससी अस्ट्रियालाई
# खेलकुद
गणतन्त्र खवर, असार १६, धरान । अस्ट्रियाको नेपाल युरोपियन स्पोर्ट्स क्लब (एनईएससी) ले बेल्जियममा सम्पन्न मोना कप बेल्जियम-२०२६ को उपाधि जितेको छ ।

प्रतिकृया दिनुहोस