• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

अन्तर्राष्ट्रिय करातेमा प्रमोद राईको दोहोरो सफलता, स्वर्ण र कास्य पदक जित्दै देशको नाम उँचो

गणतन्त्र खबर, श्रावण ८, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजका विद्यार्थी प्रमोद राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाएका छन् । बङ्गलादेशमा हालै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उनले कातातर्फ स्वर्ण पदक र कुमिते (५७ केजीमुनि) तर्फ कास्य पदक जित्दै दोहोरो सफलता हासिल गरेका हुन् ।

प्रमोद यु एन नवोदय कलेजमा कक्षा ११ को कम्प्युटर म्यानेजमेन्ट संकायमा अध्ययनरत छन् । उनले पढाइसँगै खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्दै विद्यार्थीहरूका लागि प्रेरणाको उदाहरण प्रस्तुत गरेका छन् ।

कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले प्रमोदको सफलताले कलेज मात्र नभई सिङ्गो देशको गौरव बढाएको बताए । उनका अनुसार नवोदयका विद्यार्थीहरू शैक्षिक क्षेत्रमा जस्तै खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

प्रमोदका प्रशिक्षक किरण लामाले उनी मेहनती र अनुशासित खेलाडी भएको उल्लेख गर्दै यसअघि पनि श्रीलङ्कामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक जितिसकेको जानकारी दिए ।

यस्तै, कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले विद्यार्थीहरूको चौतर्फी विकासका लागि कलेज सधैँ प्रतिबद्ध रहेको र भविष्यमा पनि आवश्यक सहयोग जारी रहने बताए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउन सफल प्रमोद राईलाई यु एन नवोदय कलेजले विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कलेजले उनको सफलताको प्रशंसा गर्दै हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

१३ स्वर्णसहित माउण्ट हर्मन पहिलो, धरान मेयर कप स्कुल ओलम्पिक सम्पन्न

# खेलकुद

गणतन्त्र खवर, असार २०, धरान । तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक-२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा माउण्ट हर्मन स्कुल सर्वाधिक १३ स्वर्ण पदक जित्दै

मोरङलाई प्रथम बनाउन योगदान दिने एभरेष्टका ६ खेलाडी सम्मानित

# खेलकुद

गणतन्त्र खवर, असार १८, धरान । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मोरङ जिल्लालाई प्रथम स्थान दिलाउन महत्वपूर्ण भूमिका

मोना कप बेल्जियम-२०२६ को उपाधि एनईएससी अस्ट्रियालाई

# खेलकुद

गणतन्त्र खवर, असार १६, धरान । अस्ट्रियाको नेपाल युरोपियन स्पोर्ट्स क्लब (एनईएससी) ले बेल्जियममा सम्पन्न मोना कप बेल्जियम-२०२६ को उपाधि जितेको छ ।