पूर्णिमाको निर्णायक गोलमा, फेयर फुटबल क्लबलाई मदन भण्डारी स्मृति महिला फुटबलको उपाधि
गणतन्त्र खवर, अषाढ ८, धरान । खेलको अन्तिम क्षणसम्म बराबरीमा रहेको फाइनलमा फेयर फुटबल क्लब धरान-१७ ले अतिरिक्त समयमा गरेको एक गोलको मद्दतले दोस्रो मदन भण्डारी स्मृति महिला क्लबस्तरीय फुटबल प्रतियोगिता-२०८३ को उपाधि आफ्नो नाममा लेखाएको छ ।
धरान सिटी फुटबल क्लबको आयोजनामा असार २ गतेदेखि धरान-१६ स्थित धरान रंगशालामा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा फेयर फुटबल क्लबले धरान लेडिज फुटबल टिमलाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । निर्धारित समयसम्म कुनै टोलीले जाली चुमाउन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयको १५औँ मिनेटमा फेयर फुटबल क्लबकी पूर्णिमा राईले गरेको उत्कृष्ट गोल नै खेलको निर्णायक गोल बन्यो । र टोलीलाई उपाधिसम्म पुर्यायो ।
उपाधिसँगै विजेता फेयर फुटबल क्लबले नगद रु ८१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता धरान लेडिज फुटबल टिमले रु ४१ हजार १११ नगदसहित ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिताको समापन समारोहमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए । सो अवसरमा नेपाली महिला फुटबलमा योगदान पुर्याएका पूर्व राष्ट्रिय महिला खेलाडीहरूलाई विशेष सम्मान पनि गरिएको थियो ।
प्रतियोगिताका व्यक्तिगत विधातर्फ फेयर फुटबल क्लबकी सुम्निमा राई उत्कृष्ट गोलकिपर घोषित हुँदै नगद रु ५ हजार १ सय ११ प्राप्त गरिन् । धरान लेडिजकी प्रतिमा घिमिरे उत्कृष्ट डिफेन्डर र समिक्षा मगर उत्कृष्ट मिडफिल्डर घोषित भइन् । फेयरकी सुप्रिया मेया उत्कृष्ट फरवार्ड चुनिइन् । उनीहरुले जनही नगद रु ५ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरे ।
उदीयमान खेलाडीको रूपमा सनम परियार, आश्मा क्षेत्री र सरस्वती राजवंशी सम्मानित भए भने अल स्टार क्लब उत्कृष्ट फेयर टिम घोषित भयो, उसले नगद रु ५ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गर्यो ।
यस्तै, धरान लेडिजकी आयुषा राई प्रतियोगिताकै उत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) घोषित हुँदै नगद रु ११ हजार १११ प्राप्त गर्न सफल भइन् । फाइनलमा निर्णायक गोल गरेकी फेयर फुटबल क्लबकी पूर्णिमा राई उत्कृष्ट खेलाडी (बेस्ट प्लेयर) घोषित हुँदै नगद रु ५ हजार प्राप्त गरिन् ।
अन्तर्राष्ट्रिय करातेमा प्रमोद राईको दोहोरो सफलता, स्वर्ण र कास्य पदक जित्दै देशको नाम उँचो
# खेलकुद
गणतन्त्र खबर, श्रावण ८, धरान । धरान-१६ स्थित यु एन नवोदय कलेजका विद्यार्थी प्रमोद राईले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै
१३ स्वर्णसहित माउण्ट हर्मन पहिलो, धरान मेयर कप स्कुल ओलम्पिक सम्पन्न
# खेलकुद
गणतन्त्र खवर, असार २०, धरान । तेस्रो धरान मेयर कप स्कुल ओलम्पिक-२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा माउण्ट हर्मन स्कुल सर्वाधिक १३ स्वर्ण पदक जित्दै
मोरङलाई प्रथम बनाउन योगदान दिने एभरेष्टका ६ खेलाडी सम्मानित
# खेलकुद
गणतन्त्र खवर, असार १८, धरान । कोशी प्रदेशस्तरीय पौडी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मोरङ जिल्लालाई प्रथम स्थान दिलाउन महत्वपूर्ण भूमिका

प्रतिकृया दिनुहोस