• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026

सुनसरी र मोरङमा दुई सवारी दुर्घटना, दुई जनाको मृत्यु

गणतन्त्र खवर, श्रावण ९, धरान । सुनसरी र मोरङ जिल्लामा हिजो श्रावण ८ गते छुट्टाछुट्टै दुई सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।


सुनसरीमा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुदा १ को मृत्य 

हिजो श्रावण ८ गते दिउँसो १:३० मिनेटमा धरान उपमहानगरपालिका-६, दर्लामी चौकस्थित मदन भण्डारी राजमार्गमा केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको हिरो कम्पनीको मोटरसाइकल चालक आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । मोटरसाइकल चालक झापा दमक नगरपालिका बस्ने ४५ वर्षीय गिरिराज शर्माको मृत्यु भयो ।

दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी पानवारीबाट प्रहरी नायब निरीक्षक दीपक राईको टोली, इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरिक्षक भिषण बाबु राईको कमान्डमा ९ जनाको टोली र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट प्रहरी नायब निरीक्षक नारद दाहालको नेतृत्वमा ट्राफिक प्रहरी टोली घटनास्थलमा पुगेका थिए । 

घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ । कागजपत्र नभएको र मादक पदार्थ सेवन नखुलेको अवस्थामा छ । प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिमा चलाइएकाले दुर्घटना भएको बताइएको छ ।

मोरङमा मिनि ट्रकले ठक्कर दिदा साईकल यात्रीको मृत्युु ।

त्यसैगरी शुक्रबार साँझ ५ बजे २० मिनेटमा मोरङ बुढीगंगा गाउँपालिका-३, शान्ति चौकस्थित कोशी लोकमार्गमा विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १ ०२ ००१ क ४३८८ नम्बरको मिनी ट्रकले बाटो काट्दै गरेको साइकल यात्रीलाई ठक्कर दिएको थियो । साइकल यात्री मोरङ बेलबारी नगरपालिका-५ बस्ने ४५ वर्षीय सन्तु खवासको टाउकोमा चोट लागेपछि उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । राति १० बजे १२ मिनेटमा चिकित्सकले उनको मृत्यु घोषणा गरे । 

ट्रक र चालक फरार छन् । प्रहरीले खोजी कार्य जारी राखेको छ । कागजपत्र नभएको र लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुवै घटनाको थप अनुसन्धान भइरहेको छ । 

प्रतिकृया दिनुहोस

विजयपुर विवाद : संवादलाई निरन्तरता, चिण्डो उखालिएको घटनाको छानबिनको माग

# गणतन्त्र खबर

गणतन्त्र खवर, श्रावण ११, धरान । ऐतिहासिक विजयपुर दरबार परिसरमा पछिल्ला केही महिनादेखि चलिरहेको विवादका बीच त्यहाँ राखिएका राई समुदायका सांस्कृतिक

वार्तामै समाधानको अडान, विजयपुर विवाद नचर्काउन सबै पक्षलाई अपिल

# गणतन्त्र खबर

गणतन्त्र खवर, श्रावण ११, धरान । विजयपुर दरबार परिसरमा देखिएको विवादलाई वार्ता, संवाद र आपसी समझदारीमार्फत समाधान गर्ने प्रयास जारी रहेका बेला अज्ञात

नवोदय +२ युएन कलेजका होटल म्यानेजमेन्ट विद्यार्थीलाई पाँच तारे होटलमा अभिमुखीकरण र भ्रमण

# गणतन्त्र खबर

गणतन्त्र खवर, श्रावण १०, धरान । धरान-१६ मा रहेको नवोदय +२ युएन कलेजले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूका लागि अभिमुखीकरण र होटल भ्रमण