नवोदय +२ युएन कलेजका होटल म्यानेजमेन्ट विद्यार्थीलाई पाँच तारे होटलमा अभिमुखीकरण र भ्रमण
गणतन्त्र खवर, श्रावण १०, धरान । धरान-१६ मा रहेको नवोदय +२ युएन कलेजले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूका लागि अभिमुखीकरण र होटल भ्रमण कार्यक्रम गरेको छ ।
कलेजले विद्यार्थीहरूको सैद्धान्तिक भन्दा पनि व्यावहारिक पक्षबाट शिक्षा हासिल गराउन कोशी प्रदेशकै पहिलो र राम्रो पाँच तारे होटलमा लगेर उनीहरूलाई भ्रमण गराइएको जनाएको छ । कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले भने, ‘होटल म्यानेजमेन्ट विषय सिद्धान्त मात्र होइन, यो पूर्ण रूपमा व्यावहारिक विषय हो । विद्यार्थीहरूले दुवै कुरा एकैचोटि सिकून् भनेर यो कार्यक्रम गरिएको हो ।’
भ्रमणका बेला होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ र प्राक्टिकल संयोजक सिर्जना लिम्बूले होटल म्यानेजमेन्ट विषयको महत्त्व र विदेशमा पनि यसको राम्रो सम्भावना रहेको बारेमा विद्यार्थीहरूलाई विस्तृत जानकारी दिएका थिए ।
कलेजका जनसम्पर्क अधिकृत राम बहादुर लिम्बूका अनुसार कलेजले समयअनुसार विभिन्न विषयका विद्यार्थीहरूलाई यस्ता अभिमुखीकरण र भ्रमण कार्यक्रमहरू नियमित रूपमा गराउँदै आएको छ । भविष्यमा पनि यस्ता कार्यक्रमहरू जारी राखिने उनले बताए ।
विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए । धेरैजसो विद्यार्थीहरू कक्षा ८ देखि नै युएन कलेजमा पढ्ने सपना बोकेर आएका थिए । उनीहरूले भने, “किताब पढेर मात्र होइन, वास्तविक पाँच तारे होटलको काम प्रत्यक्ष हेर्न र सिक्न पाउँदा हाम्रो पढाइ अझ राम्रो भयो ।”
विजयपुर विवाद : संवादलाई निरन्तरता, चिण्डो उखालिएको घटनाको छानबिनको माग
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । ऐतिहासिक विजयपुर दरबार परिसरमा पछिल्ला केही महिनादेखि चलिरहेको विवादका बीच त्यहाँ राखिएका राई समुदायका सांस्कृतिक
वार्तामै समाधानको अडान, विजयपुर विवाद नचर्काउन सबै पक्षलाई अपिल
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । विजयपुर दरबार परिसरमा देखिएको विवादलाई वार्ता, संवाद र आपसी समझदारीमार्फत समाधान गर्ने प्रयास जारी रहेका बेला अज्ञात
बीपी स्मृति दिवसमा कविता प्रतियोगिता, तमन्ना भईन प्रथम
# गणतन्त्र खबर
गणतन्त्र खबर, श्रावण १०, धरान । धरानमा नेपाली कांग्रेसले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा पब्लिक हाईस्कुल धरान-१२ की

प्रतिकृया दिनुहोस