बीपी स्मृति दिवसमा कविता प्रतियोगिता, तमन्ना भईन प्रथम
गणतन्त्र खबर, श्रावण १०, धरान । धरानमा नेपाली कांग्रेसले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा पब्लिक हाईस्कुल धरान-१२ की कक्षा ११ की छात्रा तमन्ना बान्तवा राई प्रथम भएकी छिन् ।
४४औं बीपी स्मृति दिवसको अवसरमा सुनसरी क्षेत्र नम्बर १ कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिले हिजो धरानमा “बीपी र प्रजातन्त्र” विषयमा प्रतियोगिता गरेको थियो । जसमा २१ जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा तमन्नाले ३०० पूर्णाङ्कमा २०५ अङ्क ल्याएर पहिलो स्थान हासिल गरिन् । उनलाई नगद आठ हजार पाँच सय रुपैयाँ, प्रमाणपत्र, मेडल र बीपी कोइरालाले लेखेका साहित्यिक पुस्तकहरू प्रदान गरियो ।
दोस्रो स्थानमा विद्याभूषण स्कुल धरान-८ की कक्षा ११ की अर्पणा लिङ्देन लिम्बू रहेकी छिन् । उनले १९८ अङ्क ल्याएकी थिइन् र नगद छ हजार पाँच सय रुपैयाँसहित मेडल तथा पुस्तक पाएकी छन् । तेस्रो स्थानमा नवोदय विद्यामन्दिर अंग्रेजी स्कुल धरान-१६ की रिदिमा भुजेल रहेकी छिन् । उनले १९० अङ्कसहित नगद चार हजार पाँच सय रुपैयाँ, मेडल र पुस्तक प्राप्त गरिन् । सान्त्वना स्थानमा बराहक्षेत्र-५ स्थित श्री जगन्नाथ देवराज जनता माध्यमिक विद्यालयका कक्षा १० का विशाल गिरी रहे । उनले १८६ अङ्क ल्याएका थिए र तीन हजार रुपैयाँ, मेडल तथा पुस्तक पाए ।
प्रतियोगिताको निर्णायक मण्डलमा नेपाली लेखक संघका पूर्व केन्द्रीय सदस्य डा. गोपाल भण्डारी, पिण्डेश्वर संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. महानन्द तिमिल्सिना र वरिष्ठ पत्रकार तथा नेपाली लेखक संघ सुनसरीका अध्यक्ष हर्ष सुब्बा थिए ।
कार्यक्रमको अध्यक्षता क्षेत्रीय सभापति सुजेन्द्र तामाङले गरेका थिए । प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्राज्ञ विवश पोखरेल र विशिष्ट अतिथि नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष कवि गोकुल अधिकारी थिए । कार्यक्रममा प्रमुख अतिथि पोखरेललगायत केही नेताहरूले समेत कविता वाचन र बीपीका साहित्यक कृतिहरु माथि चर्चा गरेका थिए ।
विजयपुर विवाद : संवादलाई निरन्तरता, चिण्डो उखालिएको घटनाको छानबिनको माग
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । ऐतिहासिक विजयपुर दरबार परिसरमा पछिल्ला केही महिनादेखि चलिरहेको विवादका बीच त्यहाँ राखिएका राई समुदायका सांस्कृतिक
वार्तामै समाधानको अडान, विजयपुर विवाद नचर्काउन सबै पक्षलाई अपिल
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण ११, धरान । विजयपुर दरबार परिसरमा देखिएको विवादलाई वार्ता, संवाद र आपसी समझदारीमार्फत समाधान गर्ने प्रयास जारी रहेका बेला अज्ञात
नवोदय +२ युएन कलेजका होटल म्यानेजमेन्ट विद्यार्थीलाई पाँच तारे होटलमा अभिमुखीकरण र भ्रमण
# गणतन्त्र खबर
गणतन्त्र खवर, श्रावण १०, धरान । धरान-१६ मा रहेको नवोदय +२ युएन कलेजले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूका लागि अभिमुखीकरण र होटल भ्रमण

प्रतिकृया दिनुहोस